Aamsanchar

दाङमा यस वर्ष १२ हजार भन्दा बढी विद्यार्थीले एसइई दिने, ४७ परिक्षा केन्द्र तोकियो

Author Image
शुक्रवार, चैत ९, २०८०

घोराही-दाङमा यस वर्ष १२ हजार भन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार जिल्लामा रहेका सामुदायिक तथा निजी दुई सय ४४ विद्यालयहरुबाट १२ हजार ८ सय ९८ जनाले एसइई दिने भएका हुन् ।

एसइई दिनेमा छात्रभन्दा सात सय २ जना बढी छात्रा छन् । एसइई दिनेमा ५ हजार ७ सय ६३ छात्र र ६ हजार ४ सय ६५ जना छात्राको संख्या रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत वर्ष जिल्लाबाट १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष पाँच सय ५४ जना कम भएका छन् । इकाइ प्रमुख चौधरीका अनुसार यो बर्ष जिल्लामा प्राविधिक धारतर्फ ३ सय २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

उहाँका अनुसार प्राविधिक धारतर्फ छात्र एक सय ६१ र छात्रा १ सय ६२ जना रहेका छन् । त्यसैगरी एक सय ५२ जना छात्र र एक सय ९५ जना गरेर ३ सय ४७ जना विद्यार्थीले ग्रेडबृद्धिका लागि परिक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चौधरीले जानकारी बताउनुभएको छ ।

जिल्लामा एसइईका लागि ४७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ४५ वटा परिक्षा केन्द्र रहेकोमा यो बर्ष घोराहीमा रहेको नेपाल प्रहरी स्कुल र तुलसीपुरमा रहेको गोरखा माध्यामिक विद्यालयमा परिक्षा केन्द्र थप गरिएको प्रमुख चौधरीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ´विद्यार्थीको सहजताका लागि पायक पर्ने गरि जिल्लामा यो बर्ष दुईवटा परिक्षा केन्द्र थप गरिएको छ।`

जिल्लामा यस बर्ष ६ जना दृष्टिविहिन विद्यार्थीले एसइई परीषा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको गुरुजजुर माध्यामिक विद्यालयबाट चार जना छात्र र आदर्श माध्यामिक विद्यालय लालमटियाबाट एक जना छात्र र एक जना छात्राले एसईई परिक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)