Aamsanchar

रुसको एक सांगीतिक कार्यक्रममा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

Author Image
आइतवार, चैत ११, २०८०

तस्बिर : एजेन्सी

रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए ।

सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रुसको अनुसन्धान समिति ९आईसीआर० ले जनाएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तान र इरानमा सक्रिय यही समूहले काबुलमा रहेको रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटना बर्बरतापूर्ण आतंकबादी कार्य रहेको बताउनुभएको छ । उहाँले आक्रमणमा मारिएकाको स्मृतिमा आज राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ सहित विश्वभरका देशहरुले घटनाको निन्दा गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर