![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240324_121110536.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यसँग देखाएको हो ।
यस्ता खानेकुराले मुख्यगरी मुटुमा समस्या ल्याउनका साथै मोटोपना बढाउँदा अरु समस्या थपिने गरेको पाइएको छ । प्याकिङ गरिएका कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्री मिसाएको छ भने त्यसलाई अति प्रशोधित खाना भनिन्छ । अति प्रशोधित खानेकुरामा प्रायस् धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । यस्ता खानेरालाई आकर्षक र स्वादिलो बनउन रंग र तथा अप्राकृतिक स्वाद तथा लामो समय नबिग्रियोस भनेर केमिकलको प्रयोग हुन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
मिठाइ, पेय पदार्थ, पाउरोटी, केक, कर्नफ्लेक्स, चिप्स तथा चाउचाउहरु लगायत प्याकेट बन्द गरिएका तयारी खाना अति प्रशोधित खाना हुन् । सामान्यतया यी खानेकुरा भान्सामा सजिलै तयार हुँदैनन् । अति प्रशोधित खानेकुराले विशेषगरी बालबालिकालाई बढी असर गर्ने हुँदा यसबारेमा जनचेतना र रोकथामका लागि सरकारी प्रयास पनि आवश्यक हुने विज्ञहरु बताउँछन् ।