बिराटनगर – सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।
आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए ।
आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं.५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55