Aamsanchar

एसईईमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट १५ परीक्षार्थी सहभागी हुने

Author Image
सोमवार, चैत १२, २०८०

काठमाडौं – चैत १५ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायबाट १५ परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्य वर्गमा राखी एलजीबीटीआई समुदायलाई पहिलोपटक एसईईमा सहभागी गराउन लागेको हो ।

फरक पहिचान भए पनि यसअघि छात्र वा छात्रा वर्गमा राख्ने गरेकोमा सरकारले यो वर्ष पहिलोपटक एलजीबीटीआई समुदायको वर्ग छुट्याएको निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन् ।

यो वर्षको एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ५२७ छात्र र १५ जना अन्य परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।

एसईईका निम्ति दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)