Aamsanchar

उदयपुरको कटारीमा पुरुषको शव वेवारिसे अवस्थामा फेला

Author Image
सोमवार, चैत १२, २०८०

उदयपुर- उदयपुरको कटारी नगरपालिका-५ छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर शरीर अर्कोतर्फ रहेको अवस्थामा शव फेला परेको हो ।

खोला छेउको घारीमा नाम,थर,वतन नखुलेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी)सुवास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पछि थप प्रकृया सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर