Aamsanchar

नेपालद्वारा आयरल्याण्ड्स उल्भ्स ६ विकेटले पराजित

Author Image
सोमवार, चैत १२, २०८०

काठमाण्डौ – आयरल्याण्ड्स उल्भ्ससँगको टी–२० क्रिकेट नेपालले छ विकेटले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयरल्याण्ड्स उल्भ्सले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका कुशल भुर्तेलले नटआउट ३७ र दीपेन्द्रसिँह ऐरीले २० रन बनाए । यस्तै सन्दीप जोराले ३६, आशिफ शेखले १६ र गुल्शन झाले चार रन बनाए । कप्तान रोहित पौडेलले खाता पनि खोल्न सकेनन् । आयरल्याण्ड्स उल्भ्सका ग्रेथ डेल्नीले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड्स उल्भ्सले २० ओभरमा अलआउट हुँदै एक सय २१ रन बनायो । उसका स्टेफिन डोहेनीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले सामान दुई विकेट लिए । कुशल मल्ल र करण केसीले सामान एक विकेट लिए ।

नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ । नेपालले आउने टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो मैत्रीपूर्ण खेल खेलिरहेको हो । उल्भसले नेपालको सिनियर टोलीसँगको शृङ्खलापछि नेपाल ुएु सँग तीन खेलको टी–ट्वेन्टी र तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर