Aamsanchar

साहित्यकार दधिराज सुवेदीको निधन

Author Image
बुधवार, चैत १४, २०८०

काठमाडौं – साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा बुधबार बिहान ३ बजेतिर निधन भएको हो।

भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए। उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन्। सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे।

उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५)र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ।

उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिने परिवारका सदस्यले जनाए। स्व. सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर