Aamsanchar

किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

Author Image
बिहिवार, चैत १५, २०८०

स्याङ्जा- पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् ।

बाबाको मृत्यु भएकाे चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर छ । शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले पहिलो दिनको परीक्षामा चार हजार ९९ जना परीक्षार्थी सहभागी भएको र ३४ जना अनुपस्थित रहेको बताउनुभयो । परीक्षामा १९ छात्रा र १६ छात्र अनुपस्थित भएको आचार्यले बताउनुभयो ।

यहाँ रहेका एक सय ६८ विद्यालयका विद्यार्थीले २६ वटा केन्द्रबाट परीक्षा दिएका हुन् । यसअघि यहाँ ३४ वटा केन्द्र रहेकोमा १० वटा घटाइएको हो भने दुई वटा नयाँ थपिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर