Aamsanchar

दुर्गापुरको फक्ताङलुङ स्कुलमा एक मनोक्रान्ति साधकले ७ दिने भू तपस्या गर्ने 

Author Image
बिहिवार, चैत १५, २०८०

 

तस्वीरमा क्रमश : तिलक लिम्बू, गजेन्द्रराज नेम्वाङ र ओमविक्रम नेम्वाङ । 

बिर्तामोड । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसन (स्कुल) मा एक जना मनोक्रान्ति साधकले भू तपस्या गर्ने भएका छन् ।
झापा कमल गाउँपालिका ७ स्थाई ठेगाना भएका, फक्ताङलुङमा योग प्रशिक्षकको रुपमा कार्यरत तिलक लिम्बूले स्कुलको खुला मैदानमा भू तपस्या गर्ने आज ९बिहिबार० बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो ।

विकासानन्द फाउण्डेसन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बुले चैत्र १७ गते ३ बजे देखि चैत्र २३ गते सम्म नीराकार भू तपस्या गर्ने साधक लिम्बूले बताए ।

मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘ संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारा लाई जनमानसमा पुर्याउन सहयोग गर्ने उद्देश्यले आफूले भू तपस्या गर्न लागेको साधक लिम्बूको भनाई छ ।

९ फिट गहिराही, ९–९ फिट लम्बाइ, चौडाइको खाडलमा पुरिएर भू तपस्या गरिने छ । भू तपस्या बस्नको लागि विविध विधि र नियमहरू रहेको छ । उक्त विधि प्रक्रियाको लागि विकासानन्द फाउण्डेसनको तर्फबाट सहजीकरण गरिने मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिए ।  चैत्र २३ गते बेलुका ३ बजे भू तपस्वी लिम्बुलाई मनोक्रान्तिका डा। योगी विकासानन्दले जुस खुवाए पछि भू तपस्या सम्पन्न हुने नेम्वाङले आमसंचारलाई बताए ।

भू तपस्वीलाई बाहिर निकाले पछि भू तपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकासानन्दको विशेष प्रवचन रहने फक्ताङलुङ एजुकेशनका संस्थापक प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिए । उनले भने ‘अब मनोक्रान्ति अभियान पूर्वमा फैलाउदै लाने र सो कार्यको लागि इलाम जिल्लाको रोङ गाउँपालिका क्षेत्रमा मनोक्रान्ति ध्यान, साधना केन्द्र स्थापना गर्न जग्गा खोजी र स्थल छनौट गर्ने काम सुरु गरिएको छ, उपयुक्त स्थानमा छिट्टै भौतिक पूर्वाधार निर्माणको कार्य सुरु गरिने छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर