Aamsanchar

आयल स्टोरका कर्मचारी र ट्यांकर चालक डिजेल चोरीको आरोपमा पक्राउ

Author Image
शुक्रवार, चैत १६, २०८०

हेटौंडा – हेटौंडा उपमहागरपालिका-९ मा रहेको नवदुर्गा आयल स्टोरमा कार्यरत कर्मचारी र ट्यांकर चालक डिजेल चोरीको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्टोरमा काम गर्ने वीरेन्द्र साह र ट्यांकर चालक आलम हवारी रहेका छन्। प्रहरीका अनुसार साह मोतिहारी श्रीरामपुरका र हवारी पर्साको श्रीपुर नगरपालिकाका बासिन्दा हुन्। उनीहरूले करिब ४० लिटर डिजेल चोरी गरेको पाइएको प्रहरीले बताएको छ।

बिहीबार दिउँसो नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय,अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लिएर जाँदै गरेको ट्यांकरबाट डिजेल चोरी भइरहेको भन्ने विशेष सूचनाका आधारमा चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए। उनीहरूलाई आवश्यक कारबाहीको लागि थानकोट डिपोमा पठाउने तयारी भएको डीएसपी भण्डारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर