Aamsanchar

नातिसँगै एसईई दिंदै ६२ वर्षीय वृद्ध

Author Image
शुक्रवार, चैत १६, २०८०

गुल्मी – गुल्मीमा एकजना पुरुषले ६२ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ फुर्कोट दहका टीकाबहादुर कुँवरले गाउँकै एक परीक्षा केन्द्रबाट एसईईको बिहीबार पहिलो पत्रको परीक्षा दिएका हुन् ।

कुँवरले गाउँपालिकामै अवस्थित म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षा दिएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिए । कुँवर पृथ्वी माध्यमिक विद्यालयबाट नियमिततर्फका विद्यार्थी हुन् ।

पढ्ने चाहाना हुँदाहुँदै विशेष परिस्थितिले पढाइ रोकिएको परीक्षार्थी कुँवरले बताए । ´मेरो सानैदेखि पढ्ने चाहाना थियो तर केही कारणले सानैमा छोड्नु पर्यो`, उनले भने, ´मैले त्यही सानै उमेरमा देखेको सपना पूरा गर्न नातिसँगै परीक्षा दिन आएको हुँ ।`

 

उनका आफ्नै नाति पनि यसपालि हजुरबुवासँगै एसईईको परीक्षा दिंदै छन्। उनका नाति अंकित कुँवर गाउँकै पृथ्वी माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत नियमित विद्यार्थी हुन् । हजुरबुबा नातिसँगै गएर एसईईको परीक्षा दिएका उनीहरु समाजमा उदाहरण बनेका छन् । उनले आफूमा इच्छाशक्ति भए पढ्न उमेरको बन्देज नलाग्ने शिक्षा दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर