Aamsanchar

वन डढेलोमा परी एक महिलाको मृ*त्यु

Author Image
शुक्रवार, चैत १६, २०८०

डोटी – वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो।

निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए।

कुलो खन्न २५ जनाको समूह वनमा गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)