Aamsanchar

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृ*त्यु, ८ वर्षीया बालिकाको जीवितै उद्धार

Author Image
शुक्रवार, चैत १६, २०८०

काठमाडौं – दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा खसेको थियो। बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ।

घटनास्थलमा पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सरकारले दुर्घटनाको कारणको बारेमा पूर्ण अनुसन्धान गर्न मद्दत गर्ने बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर