Aamsanchar

न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृ*त्यु

Author Image
शुक्रवार, चैत १६, २०८०

काठमाडौं – न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए।

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ। एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ। त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ।

सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी नेपालमै रहेको पनि पाण्डेको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर