Aamsanchar

हुन्डीको रकम सहित दुई जना पक्राउ

Author Image
सोमवार, चैत १९, २०८०

काठमाडौँ –प्रहरीले सर्लाहीबाट हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् । उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।

कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर