Aamsanchar

व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ लुट्ने दुई ‘घुमुवा’प्रहरी कारागार चलान

Author Image
सोमवार, चैत १९, २०८०

जनकपुरधाम – धनुषामा एक व्यापारीको मोबाइल र दुई लाख रुपैयाँ लुटने दुई ‘घुमुवा’प्रहरी पूर्वपक्षका लागि कारागार चलान भएका छन् । जनकपुरधामका एक व्यापारीको ३१ थान मोबाइल र दुई लाख रुपैयाँ लुटेको आरोपमा जिल्ला अदालत धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई ‘घुमुवा’ प्रहरीलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहत सादा पोशाक ‘घुमुवा’मा खटिएका प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले व्यापारीसँग मोबाइल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरीर बन्धक बनाएर राखेको आरोपमा जिल्ला अदालत धनुषाले कारागार चलान गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको एक इजलाशले दुवैजनालाई पूर्पक्षका लागि कारगार चलान गरेको हो । धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिका-२ जटही भन्सार कार्यालय नजिकबाट गत फागुन ८ गते अपरान्ह ४ बजेतिर सन्तोष कुमार महतोलाई विभिन्न कम्पनीको मोबाइलसहित नियन्त्रणमा लिएको थियो ।

 

नियन्त्रणमा लिएर मोबाइल र मानिस दुवै छाडिदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरी,रुपैयाँ समेत लिएर मोबाइल फिर्ता नदिइ झोलासहित मोबाइल र नगद लिएको गएको दायर आरोपपत्रमा उल्लेख छ ।
झोलासहित मोबाइल र बार्गेनिङ्गको रकम लिएर जनकपुरधाम उप–महानगरपालिका ७ वडा कार्यालयस्थित अञ्जनी माई कुटीको उत्तरतर्फबाट पानी पोखरीको डिलमा घाँस झारीभित्र लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

अनुसन्धानको क्रममा लुकाएर राखिएको मोटु पत्लु लेखिएको व्यागमा उजूरीमा उल्लेख गरिएको ३१ थान मोबाइल र २ लाख रकम मध्ये ९५ हजार रुपैयाँ समेत बरामद भएको आरोप पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर