Aamsanchar

इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

Author Image
सोमवार, चैत १९, २०८०

A drone view of anti-government protesters launch a prolonged demonstration calling for Israeli Prime Minister, Benjamin Netanyahu’s government to resign and a general election in the wake of the deadly October 7 attack on Israel by the Palestinian Islamist group Hamas and the ensuing war in Gaza, in front of the Knesset, Israeli parliament in Jerusalem, March 31, 2024. REUTERS/Ilan Rosenberg TPX IMAGES OF THE DAY

काठमाडौँ । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो ।

तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।

जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले आइतवार राति शहरको सबैभन्दा ठूलो उत्तर–दक्षिण राजमार्ग अवरुद्ध गरे । यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो ।

प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन् । साथै, धेरैले गाजामा बन्धक बनाएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग गरेका छन् ।

उनीहरुले युद्ध सम्झौता बिना नै लम्बियो भने भने बन्धकहरू मारिनेछन् भन्दै चिन्ता प्रकट गरेका छन् ।

सन् २०२३ मा इजरायलमा प्रदर्शनहरू भएका थिए जसले सरकारलाई हल्लाएको थियो । यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर भेला हुन जनतालाई अपिल गरेका छन् ।

गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ । गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिएका छन् ।अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणमा १२०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाएका थिए ।

त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर