Aamsanchar

ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

Author Image
बुधवार, चैत २१, २०८०

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

यो भूकम्प २५ वर्षयताकै ठूलो भएको अधिकारीहरूले बताएका छन्। उक्त भूकम्पपछि ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै छ।

भूकम्पले घर लगायतका भवन भत्किएका छन् । मानिसहरुलाई भग्नावशेषबाट उद्धार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

भूकम्प गएसँगै ताइवान र आसपासका छिमेकी देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

भूकम्पका कारण जापानको दक्षिण-पश्चिमी क्षेत्रमा ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ। फिलिपिन्सको भूकम्प मापन निकायले पनि सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो भने ५ हजार घरहरु भग्नावशेषमा परिणत भएका थिए। बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर