सुनसरी । विद्यालय तहदेखि बास्केटबल विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल सङ्घबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ र नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्की, एनएसएसएफका सचिव सोविनराज रेग्मी, नेवाका महासचिव नरेन्द्र थापा, एनएससी बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मीको उपस्थिति थियो।

प्रतियोगिता, प्रशिक्षण, विद्यालय स्तरदेखि बास्केटबल विकास र प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ ।

