Aamsanchar

ताइवानमा शक्तिशाली भूकम्प : नौ जनाको ज्यान गयाे, सुनामीको खतरा टर्याे

Author Image
बुधवार, चैत २१, २०८०

ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा परि आठ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एक सय जनाभन्दा धेरैको खोजी भइरहेको छ ।

ताइवानको पूर्वी तटीय क्षेत्रमा बिहान सात दशमलव म्याग्निट्यूडको भूकम्प गएको हो । भूकम्पका कारण ताइवान र छिमेकी देशमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएकोमा पनि पछि चेतावनी फिर्ता गरिएको छ । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्प गएको दुई घण्टापछि एउटा सूचना निकालेर सुनामीको खतरा टरेको जानकारी गराएको हो ।

भूकम्पका कारण पहाडी भेगमा ठाउँठाउँमा पहिरो गएको छ । ह्वालिएन शहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धार कार्य चलिरहेको छ । ताइवानका धेरै ठाउँमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको छ । ताइवानका अधिकारीले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा सात दशमलव छ म्याग्निट्युडको भूकम्प जाँदा दुई हजार चार सय जनाभन्दा धेरैको ज्यान गएको थियो । ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले बिहानको भूकम्प पछि पटक–पटक परकम्प गइरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर