Aamsanchar

अन्तर्राष्ट्रिय स्तरको डीपीएस फूलबारी स्कुल झापा बाट ३३ किलोमिटर दूरीमा

Author Image
बुधवार, चैत २१, २०८०

बिर्तामोड । गुणस्तरीय शिक्षा आर्जनका लागि भारतका प्रसिद्ध विद्यालयहरूमा आफ्ना बालबालिकाहरूलाई अध्ययन गराउने अभिलाषा राख्ने पूर्वी नेपाल झापा, इलामलगायत जिल्लाका अभिभावक, विद्यार्थीहरूलाई लक्षित गरेर दिल्ली पब्लिक स्कुल (डीपीएस) ले  आफ्नो शैक्षिक योजना  लिएर (डीपीएस) को एक टोली झापा आएको छ ।

स्कुलको प्रचार प्रसारको लागि आज (बुधबार) बिर्तामोडमा आएको डीपीएसको टोलीले पत्रकार भेटघाट कार्यक्रम गरेर डीपीएसले उपलब्ध गराउने अन्तर्राष्ट्रिय शिक्षा प्रणालीको बारेमा बेलीविस्तार गरेकोे हो ।
नेपाल(भारत सिमाना देखि ३३ किलो मिटर मात्र दूरीमा रहेको भारत पश्चिम बंगाल जलपाइगुडी, बङ्गलादेशको सिमा सहर फूलबारीमा रहेको विद्या भारती फाउन्डेसन अन्तरगत सञ्चालित डीपीएसले नयाँ भर्ना खुला भएको जानकारी गराउन डीपीएसको टोली झापाको बिर्तामोडमा आएको डीपीएसका एडमिसन इन्चार्ज निर्णय बाग्चीले जानकारी दिए ।

सन् २०१८ मा स्थापना भएको डीपीएसमा प्रि नर्सरी देखि कक्षा १२ सम्म अध्यापन अध्यापन हुदै आएको छ ।

गुणस्तरीय शिक्षा, सुलभ शुल्कको सन्देश प्रवाह सँगै अभिभावकहरूलाई प्रत्यक्ष अनुभूति दिलाउने लक्ष राखेर स्थापना भएको डीपीएसमा छात्रावाससमेत पठन पाठन हुँदै आएको छ । पाठ्यक्रम सँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको डीपीएसमा भारतका ख्यातिप्राप्त प्रशिक्षकहरू द्वारा क्रिकेट, फूटबल, सुटिङ, टेवल टेनिस, बास्केटबल, योगा, भलिबल आदी खेलहरू पूर्ण व्यवसायिक खेलाडी बन्न सक्ने गरि प्रशिक्षण दिदै आएको डीपीएसका शिक्षक सुवास क्षेत्रीले बताए । डीपीएस फूलबारीमा स्थापित प्रशिक्षकद्वारा संगीत, नृत्य पनि सिकाइने र विद्यार्थीहरूले सिकेको कला प्रतिभाहरूलाई प्रस्पोर्टन गर्ने अवसर प्रदान गर्न डीपीएसले बलिउड कलाकारको उपस्थितीमा प्रतियोगित्माक कार्यक्रम आयोजना गर्ने गरेको क्षेत्रीले जानकारी दिए ।

डीपीएसले सिनियर सेकेण्ड्रीमा १८ वटा विषयहरू राखेको छ । उक्त विषय मध्ये विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छनौट गरेर पढ्न सक्ने छन् । डीपीएसमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले नेपाली भाषा पढ्न पनि पाउने छन् । डीपीएस फूलबारीमा दोस्रो अनि तेस्रो ९सेकेण्ड अनि अर्थ ल्याङ्ग्वेज० नेपाली भाषा पढ्ने सुविधा प्राप्त हुने डीपीएसका प्रतिनिधि ध्रितिमान विश्वासको भनाई छ ।

भारतमा रहेका सर्वोकृष्ट १० स्कुलहरु मध्ये एकमा पर्ने डीपीएस स्कुलमा आकर्षक र ज्ञानवर्धक पुस्तकले भरिभराउ छ । यसका साथै अडियोभिज्युअल कक्ष, इन्फर्मरी, सुसज्जित कम्प्युटर कक्ष, फिजिक्स, केमिस्ट्री, बायो र म्याथ ल्याब रहेको छ । मल्टिपर्पोज हल, अनुभवी काउन्सिलरले विद्यार्थीहरूलाई बौद्धिक, मानसिक र भावनात्मक रुपमा अघि बढ्नमा सहयोग गर्नेछन् । विद्यार्थीहरूलाई सेल्फ डिफेन्सको प्रशिक्षण, विद्यार्थी स्वास्थ्यका लागि प्रशिक्षण प्राप्त नर्सबाट स्वास्थ्यसम्बन्धी हेरचाह हुने छ । शैक्षिक ज्ञानसँगै विभिन्न कौशल, सिकाउदै विद्यार्थीहरूलाई राम्रो मान्छे र सफल नागरिक बनाउने दिशामा काम गरिरहेको विद्यालय पक्षको दावी छ ।

दिल्ली पब्लिक स्कुल अन्तर्राष्ट्रिय स्तरको स्कुल एसियाका विभिन्न देशमा सञ्चालित रहेको छ । नेपालको विराटनगरमा पनि दिल्ली पब्लिक स्कुल रहेको छ । उक्त स्कुलमा आफ्ना बालबालिकाहरूलाई पढाउन नेपाली अभिभावकहरू लालहित बन्दै आएका छन् । सीमित सिटका कारणले उक्त स्कुलमा विद्यार्थीहरू भर्ना हुने अवसर प्राप्त गर्न नसको अवस्था रहँदै आएको छ । झापाका अभिभावकहरूको लागि छोटो दूरीमा दिल्ली पब्लिक स्कुलमा बालबालिकाहरू पढाउनको लागि डीपीएस फूलबारी उपयुक्त स्कुल रहने छ ।  डीपीएसमा भारतीय नेपाली भाषी विद्यार्थीहरू, भुटान, बंगलादेश र नेपालका विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)