Aamsanchar

गेष्ट हाउसबाट हेरोइनसहित युवक पक्राउ

Author Image
बिहिवार, चैत २२, २०८०

धनगढी – कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहु बुधबार भीमदत्त-४ बसपार्कस्थित सुदूरपश्चिम गेष्ट हाउसबाट पक्राउ परेका हुन्।

प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी नेतृत्वको लागुऔषध ब्यूरो महेन्द्रनगर शाखा कार्यालयको टोलीले उनको साथबाट ३४.१ ग्राम हेरोइन बरामद गरेको हो। साहुले लगाएको ज्याकेटभित्र दाहिने खल्तीमा सेतो प्लाष्टिकभित्र लुकाई राखेको ५ पुरिया हेरोइन बरामद गरिएको हो।

उनको साथबाट भारतीय आठ हजार रुपैयाँ, एक थान मोबाइल पनि बरामद गरिएको छ। बसपार्कस्थित गेष्ट हाउसमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अपरेसन शुरु गरेको थियो।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर