Aamsanchar

योगी विकाशानन्दको साथमा ‘आफुलाई चिनौँ’ कार्यक्रम हुँदै

Author Image
बिहिवार, चैत २२, २०८०

बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघसंस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर मगर)ले जानकारी दिइन् । कार्यक्रममा गुरु डा. योगी विकाशानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोँचको विकास कसरी हुन्छ जस्ता महत्वपूर्ण जानकारी तथा उपायहरुका बारेमा प्रवचन दिने उनले जानकारी दिइन् । मानिसहरु विभिन्न तनाव, रोग, समस्याबाट ग्रसित हुँदा सफलतापूर्वक आफ्ना काम अगाडी बढाउन नसक्ने भएकाले डा. योगी विकाशानन्दको प्रवचनबाट लाभ लिन सकिने उनको भनाई छ ।

कार्यक्रम शनिबार विहान ७ बजेदेखि १०ः३० सम्म बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा हुन लागेको मगरले जानकारी दिइन् । कार्यक्रममा सप्तक संगीत विद्यालयको दुई वटा सांगीतिक प्रस्तुतीसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न कलेज, सामाजिक संघसंस्था, सहकारी, बीमा कम्पनी, भजन कीर्तन मण्डली, टोल विकास संस्थाआदि बाट तीन सय जना भन्दा बढीको सहभागीता रहने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१