Aamsanchar

नेपाली जनसम्पर्क समिति क्यानडाले फ्री ट्याक्स फिलिंग किल्निक आयोजना गर्ने

Author Image
बिहिवार, चैत २२, २०८०

नेपाली जनसम्पर्क समिति क्यानडाले अप्रिल ६  तारिखमा पाँचौं  फ्री ट्याक्स फिलिंग किल्निक  कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालबाट क्यानाडा आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै आएको पाइन्छ,  नवआगन्तुक तथा नेपाली विद्यार्थीहरूलाई ट्याक्स  तिर्नका लागी कुनै अप्ठ्यारो नपरोस् भन्ने हेतुले यो कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले जानकारी दिए।

नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई सजीवता दिलाउनका लागि निर्माण भएको जनसम्पर्क समिति क्यानडा माझ सन २०१३ मा स्थापना भएर विभिन्न क्यानडियन नेपाली बासीहरू माझ समाजिक कार्यहरू गर्दै आएको  छ ।  नवआगन्तुक तथा नेपाली शरणार्थीहरूलाई ट्याक्स  तिर्नका लागी सहजिकरण गर्नका लागी यो कार्यक्रम मार्फत  लाभ उठाउन सकिने  नेपाली जनसम्पर्क क्यानडाका अध्यक्ष बुद्धि प्रकाश ओलीले बताए ।

कार्यक्रम अर्जेन्टिया रोड होमलाइफ ब्रोकरेज कार्यालय प्लाजामा हुँदै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर