Aamsanchar

इलाम दुईमा मनोजले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने 

Author Image
शुक्रवार, चैत २३, २०८०

झापा । इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा मनोज निरौलाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मनोनयन दर्ता गर्ने समय दुई दिन बाकी रहेको बेला निरौलाले हिजो बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

कुनै पनि दलमा आवद्ध नभई स्वतन्त्र व्यक्तिले पनि देशको विकास र सेवा गर्न सक्छ भन्ने दृष्टिकोण राख्दै निरौलाले आफू उम्मेदवार बन्नका लागि वर्तमान राजनीति दल भित्रको खिचातानी, दलहरूले देशलाई अनिर्णयको बन्दी बनाएको र अब दलको विकल्प जनताले खोजी रहेकोले आफूले उम्मेदवारी दिने निर्णय गरेको निरौलाले बताए ।

इलाम क्षेत्र नं। २ को विकासका लागि आफ्नो लगानी र मेहनतलाई इमान्दारिताका साथ खर्चिने, मूलत युवा सशक्तिकरणमा ध्यानमा राखेर उनीहरूको सीप तथा क्षमताको विकास गरी उक्त क्षेत्रमा रोजगारीका अवसरहरू सृजना गर्ने र युवालाई आयआर्जनका काममा सहभागी गराउने, दीर्घकालिक रणनीति बनाएर चुनावमा होमिएको उनको भनाई छ ।

युवाहरूमा प्रतिस्पर्धी क्षमता विकास गरी ग्लोबल प्रतिष्पर्धामा युवाहरूलाई काबिल बनाउन सकियो भने मात्र आर्थिक विकास र समृद्धि सम्भव छ भन्ने कुरालाई मैले राम्रैसँग बुझेको भनेर विज्ञप्तिमा उल्लेख छ ।
जनस्तरबाट विकास निर्माणमा जनसहभागिता जुटाउदै राज्यका निकायहरूलाई जिम्मेवार, जवाफदेही बनाउन स्वतन्त्र युवाबाट मात्र मद्दत पुग्ने निरौलाले आमसंचारलाई बताए ।
इलाम २ निर्वाचन कार्यतालिका

२४ चैतमा उम्मेदवारको मनोनयन दर्ता । २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने । २६ चैतमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने । २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र निर्वाचन चिह्न वितरण गरिनेछ । २८ चैतदेखि १२ वैशाख सम्म प्रचारप्रसार । १५ वैशाखमा मतदान हुने निर्वाचन कार्यालयको तालिका रहेको छ । ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१