झापा- बिर्तामोडमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित सुकुम्बासी टोलका बद्रीकुमार दर्जी र जैगुन खातुनको घर जलेर नष्ट भएको हो । आज बिहान ९ः३० बजेको समयमा दर्जीको घरको पुजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्किएको बताइएको छ । आगलागीबाट दर्जीको टिनको छानो , टनिकै टाटीबेरा भएको एकतले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, नागरिकतालगायतका महत्वपूर्ण कागजात तथा नगद रु।२२ हजारसमेत जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको छ ।
सोही आगलागीबाट नजिकै रहेको जैगुन खातुनको टिनको छानो, टीनकै टाटीबेरा भएको एकतले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, नागरिकतालगायतका महत्वपूर्ण कागजात, मोबाईल १ थान, नगद ४३ हजारसमेत जल्दा अन्दाजी ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो आगो स्थानीयबासी ,नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकलसमेतको सहयोगमा बिहान १०ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।