Aamsanchar

‘स्वर्णिम साहित्य पुरस्कार’ पाउने व्यक्तिको नाम घोषणा

Author Image
सोमवार, चैत २६, २०८०

वराहक्षेत्र- सुनसरीको वराहक्षेत्रमा रहेको स्वर्णिम साहित्य समाजले स्थापना गरेको ‘स्वर्णिम साहित्य पुरस्कार’ पाउने व्यक्तिको नाम घोषणा गरेको छ । ५० हजार १५१ रुपियाँ राशिको साहित्य पुरस्कार र एघार हजार एक रुपियाँ राशिको सम्मान पाउने व्यक्तिको नाम साहित्य समाजले घोषणा गरेको हो ।

स्वर्णिम साहित्य पुरस्कार, सम्मान समितिले वराहक्षेत्र वडा नम्बर ३ को कार्यालयमा पत्रकार सम्मेलन गरेर पुरस्कार पाउने लेखक तथा हस्तकलाकार र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको नाम घोषणा गरेको छ ।

स्वर्णिम साहित्य समाजले आफ्नो स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा रहेर नेपाली साहित्य सिर्जनामा समर्पित र साहित्य सिर्जनाको विकासमा योगदान पुर्‍याउने दुई जना व्यक्तिहरूलाई स्वर्णिम साहित्य पुरस्कार २०८१ बाट सम्मान गर्ने भएको छ ।

साहित्य पुरस्कार र सम्मानबाट पुरस्कृत हुनेहरूमा वराहक्षेत्र ३ निवासी लेखक तथा हस्तकलाकार राम कुमार तिवारी र सम्मानबाट पुरस्कृत हुने वराहक्षेत्र ३ कै रुद्र बहादुर दाहाल रहनु भएको छ ।

पुरस्कृतद्वयलाई अगामी वैशाख १५ गते एक समारोहका बिच पुरस्कार र सम्मान गरिने भएको स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ । स्वर्णिम साहित्य समाजको कोषमा सात लाख रुपियाँ सहयोग सङ्कलन भएको र उक्त कोषको ब्याजबाट पुरस्कार वितरण गर्न सुरु गरिएको बताइएको छ ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्रले स्वर्णिम मातृभाषा साहित्य पुरस्कारका लागि अक्षय कोषमा समेत रकम सङ्कलन गरिहरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविहरूलाई केन्द्रित गरेर यसअघि नै ‘प्रज्ञा कविता उत्सव’ समेत समाजले गरिसकेको छ ।

पत्रकार सम्मेलनमा स्वर्णिम साहित्य पुरस्कार, सम्मान समितिकी संयोजक शारदा निरौला, सचिव लक्ष्मण कटुवाल, सविता फागो, सप्तकोशी बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका सभापति केशव पुरी, मातृभाषी कवि इच्छामणि चौधरीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर