Aamsanchar

कोशी प्रदेश : निरङ्कुश कम्युनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए : तरुण दल 

संविधानविपरीत कसैको उक्साहट र प्रलोभनमा पारेर सरकारका विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह

Author Image
मङ्गलवार, चैत २७, २०८०

विराटनगर । तरुण दल कोशीका केन्द्रीय सदस्यहरुले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएको छ ।

एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका साथै तीन जना मन्त्रीहरुले सोमबार राजीनामा बुझाएका थिए । उक्त घटनाप्रति आपत्ती जनाउँदै काँग्रेसको भातृ संगठन तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्हरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै नाटकीय रूपमा संविधान विपरीत सर्वसत्तावादी सोच, लोकतन्त्रमा विश्वासमा नराख्ने निरंकुश कम्यूनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको दाबी गरेका हुन् ।

‘नेपालको संविधानको मूलमर्मलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनजीविकाको सवाल र प्रदेशको विकास निर्माणलाई तीब्र गतिमा अगाडि बढाइरहेको अवस्थामा नियोजित रुपमा अवरुद्ध पार्ने, संविधानविरुद्ध बलमिच्याई गर्ने तत्वका विरुद्ध नेपाल तरुण दल वैचारिक र कानूनी बहस गर्न तथा संविधानको रक्षार्थ सतिशाल झैं उभिने र आवश्यकता अनुसार प्रतिकारमा उत्रने समेत तयार रहेको कुरा सम्प्रेसण गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई संविधानको रक्षा र पालना गर्न आग्रह गर्दै संविधान विपरीत कसैको उक्साहट र प्रलोभनमा पारेर सरकारका विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१