Aamsanchar

उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा तिन दिन विद्यालय बन्द

Author Image
मङ्गलवार, चैत २७, २०८०

काठमाडौं – उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा ३ दिन विद्यालय बन्द हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)