Aamsanchar

हलगडामा कारको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

Author Image
बुधवार, चैत २८, २०८०

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका -२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ ।

धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिँदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका -६ घर भई इटहरी -२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर