रौतहट। रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षीय अविवाहित मनिसाकुमारी चौधरीले बिहीवार फासो लगाइ आत्महत्या गरेका हुन् ।

यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षीय शिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी आजाद अन्सारीको छोरी करिब १६ वर्षीय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गङ्गा पिपरा नुनिया टोल निवासी रूपलाल दासको १५ वर्षीय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन्।

Views: 114


