

ओखलढुङ्गा-ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा ४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।

तामाङ घरमा बसिरहनुभएको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास हुनुभएको थियो । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

Views: 75


