Aamsanchar

अफगानिस्तानमा तीन दिनदेखि मुसलधारे वर्षा, ३३ जनाको ज्यान गयो

Author Image
सोमवार, वैशाख ३, २०८१

अफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको ज्यान गएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले हिजो विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको ज्यान गएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय घर क्षतिग्रस्त भएका छन् । यस्तै झण्डै छ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको छ ।

अफगानिस्तानमा पछिल्ला वर्षहरुमा मौसमजन्य घटनाहरु बढिरहेका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिएका कारण अफगानिस्तान, पाकिस्तान लगायतका देशमा मौसमजन्य घटनामा तीव्र बृद्धि भैरहेको छ । चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान विपद्का घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार देशहरुमध्येको एक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर