Aamsanchar

सल्लाघारीमा लागेको आगो निभाउने क्रममा एक जनाकाे ज्यान गयाे, एक घाइते

Author Image
सोमवार, वैशाख ३, २०८१

गुल्मी – गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर