![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240415_171735024.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – डलर अर्बपति विनोद चौधरीको वाइवाइ चाउचाउ उत्पादन गर्ने कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने तयारीमा लागेको छ । चौधरी ग्रुपको भारतीय फुड (खाद्य) युनिटले भारतीय सेयर बजारमा सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको हो ।
गुडगावमा आधारित कम्पनीले भारतीय बजारका लागि वाइवाइ उत्पादन गर्छ । वाइवाइले भारतमा नेस्ले लिमिटेडको माग्गी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकारमा कम्पनी पुग्ने बताएका छन् ।शुक्लाले भनेका छन्, “हामीसँग केही छ, जुन बजारमा अझै नक्कल भएको छैन ।”
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
वार्षिक ८ अर्ब भारतीय रुपैयाँ आम्दानी रहेको सीजी फुड्स इन्डियाको चाउचाउ बजारमा २८ प्रतिशत हिस्सा रहेको ब्लुमबर्गमा प्रकाशित समाचारमा उल्लेख छ । आईपीओ जारी गर्ने विषय अहिले सुरुवाती चरणमा रहेको शुक्लाले बताएका छन् । उनका अनुसार यस वर्ष १५ प्रतिशत आम्दानी बढाउने लक्ष्य कम्पनीको छ ।