![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/04/InShot_20240416_122232040.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
पाकिस्तानमा केही दिनदेखिको असामान्य वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको ज्यान गएको छ । मृतकमध्ये केही गहुँ काट्ने क्रममा चट्याङ लागेर मारिएका किसान रहेका पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले आउँदा दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पन्जाबमा शुक्रवारदेखि आइतवारसम्म चट्याङ लागेर २१ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न र क्षति भएका क्षेत्रहरूमा राहत सामग्री प्रदान गर्न भन्नुभएको छ ।
पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुने गर्छ ।