Aamsanchar

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

Author Image
बुधवार, वैशाख ५, २०८१

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। ४ खेलमा ४ जितसँगै समूह चरणमा अपराजित रहेको नेपाल आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेको थियो।

ओमानको अल अमेरात खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट ८ ओभरमा झारिएको थियो।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सो लक्ष्य नेपालले ७ ओभर २ बलमा नै ४ विकेटमात्र गुमाएर पूरा गर्दै समूह चरणका सबै खेलमा अपराजित रह्यो।

नेपालका लागि गुलशन झाले अविजित ३२ रन बनाए। उनले १९ बल खेल्ने क्रममा २ छक्का र २ चौका प्रहार गरे। साथै दीपेन्द्रसिंह ऐरीले १७ रन र कप्तान रोहित पौडेलले अविजित रहँदै १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

साउदी अरेबियाका लागि इस्तियाक अहमदले २ विकेट लिए भने उस्मान नजीव र वाजी उल हसनले १र१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रन बनाएको थियो।

उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। उनले १६ बल खेल्ने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपालका लागि करण केसी र अभिनाश बोहोराले २र२ विकेट लिए भने प्रतिश जिसी र ललित राजवंशीले १र१ विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर