Aamsanchar

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी नजरबन्दमा

Author Image
बिहिवार, वैशाख ६, २०८१

कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टलाई पनि घरमा नै नजरबन्द गरिएको छ । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण कमजोर स्वास्थ्य अवस्था रहेका बन्दीको सुरक्षामा ध्यान दिएको बताउनुभएको छ । राजधानी नेपिडाउमा तापक्रम ४१ डिग्री सेल्सियस पुग्नसक्ने तथा आउँदो हप्ता अझ तातो हुने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर