Aamsanchar

साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद

Author Image
बिहिवार, वैशाख ६, २०८१

खजुरा- बाँके प्रहरीले साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको जनाएको छ ।

बिहीबार बिहान जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित अहिरापुरुवाबाट अवैधरुपमा भारतबाट भन्सार छली पैठारी गरी नेपाल ल्याइँदै गरेको अवस्थामा अन्दाजी चार लाख ५० हजार रुपियाँ बराबरको अवैध भारतीय ब्रोइलर कुखुराको चल्ला  गरेको बाँके प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट बेवारिसे अवस्थामा रहेका चार हजार पाँच सय वटा चल्ला फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको प्रनाउ डाँगीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर