Aamsanchar

शिक्षा मन्त्री सुमना श्रेष्ठकाे निर्देशन पछि परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने तयारी

Author Image
शुक्रवार, वैशाख ७, २०८१

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाण्डौबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई अनावश्यक दुःख दिने नियतबाट अबका दिनमा केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो ।

यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ ।

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर