Aamsanchar

कार दौडमा दुर्घटना हुँदा सातजनाको मृत्यु, १८ जना घाइते

Author Image
सोमवार, वैशाख १०, २०८१

कोलम्बो – श्रीलंकामा आइतबार रेसिङ इभेन्टको समयमा कार नियन्त्रणबाहिर पुग्दा भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार, सो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल क्षेत्रमा भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा रेसको आयोजना गर्ने अधिकारी, दर्शक र आठ वर्षीया एक बालिका छन् । सो कार्यक्रम श्रीलंकाको सेनाले गराएको हो । सेनाको यसखालको यो २८औँ इभेन्ट हो ।

कार दौड हेर्न करिब एक लाख मानिस त्यहाँ पुगेका थिए । दुर्घटनाका कारण कार्यक्रम बीचमै रद्द गरिएको थियो । प्रहरीले दुर्घटनाको जाँच गरिरहेको छ । बीबीसी हिन्दीबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर