Aamsanchar

सुरुङ्गामा हनुमान जयन्ती मनाउने तयारी

Author Image
सोमवार, वैशाख १०, २०८१

कनकाई ।  झापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चना सहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाउँने निश्चित भएको छ । भोलि वैशाख ११ गते मंगलबार आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था पाथीभरा मारबाडी समाज र अग्रवाल समाज नगर समितिले जनाएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।

आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वर चन्द्र गोयलका अनुसार सुरुङ्गामा भोलि वैशाख ११ गते मंगलबार बिहान ९ बजेदेखि सुरुङ्गा बजारभरि निशान यात्रा गरि मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पूजासहित सञ्चालन हुने हनुमान जयन्तीमा गुरु पुरोहितहरूको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुने जानकारी दिए ।

कनकाई उद्योग वाणिज्य संघको उत्तरमा रहेको हनुमान मन्दिरमा  हुने कार्यक्रम बजार परिक्रमा पश्चात् पुनः मन्दिरमा नै आएर बिहान ११ बजेदेखि महाप्रसाद (भण्डारा) सञ्चालन गर्ने सन्ध्याकाल समयमा समेत विशेष कार्यक्रम सञ्चालन गर्ने समाजका सदस्य सचिन वंशल,  मुकेशकुमार गोयल, राहुल वंशलको भनाई छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , जनप्रतिनिधि , सुरक्षा कर्मी लगायत करिव ४ सय बढी भक्तजनको सहभागी हुने अपेक्षा रहेको आयोजकको दावी छ।

हनुमानलाई भक्ति शिरोमणि किन भनिन्छ ?
हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर