Aamsanchar

अर्जुनधारामा ब्राउन सुगरको कारोबार गर्दागर्दै एकजना पक्राउ

Author Image
सोमवार, वैशाख १०, २०८१

झापा- अर्जुनधारा-५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागू औषध ब्राउन सुगरको कारोबार गर्दागर्दै एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका-८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । आइतबार दिउँसो अन्दाजी ३ बजेको समयमा बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागू औषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागू औषध नियन्त्रण ब्युरो शाखा काँकडभिट्टाबाट खटिएका संयुक्त प्रहरी टोलीले अर्जुनधारा- ४ का अन्दाजी २७ वर्षीय विमल राई प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

सँगै रहेका कनकाई नगरपालिका-८ बागेडाँगी बस्ने चौधरीको शरीर तलासी गर्दा कालो प्लास्टिकले पोकाभित्र सेतो प्लास्टिकले प्याक गरेको अवस्थामा प्लास्टिकबाहेक ४० ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा अनुसन्धानका लागि राखिएको र फरार राईको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर