Aamsanchar

कनकाई नगरको आर्थिक सहयोगमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

Author Image
सोमवार, वैशाख १०, २०८१

कनकाई। झापाको कनकाई नगरपालिकामा लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा शुरु भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशन बिर्तामोडको सहजीकरणमा आइतबारदेखि लोकसेवा आयोगको पाँचौं तह तथा शिक्षक सेवा आयोगको निमावि तहसम्मका लागि निःशुल्क तयारी कक्षा शुरु भएको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त तयारी कक्षामा १ सय ५० जनालाई सहभागी गराउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।

कक्षा–१२ पास गरेका नगरका ९ वटै वडा तथा ईत्छुक अन्य बाहिर जिल्लाका युवाहरुलाई समेत लोकसेवा र शिक्षक सेवा परीक्षा दिन सक्षम बनाउन तयारी कक्षाको तालिम दिन थालिएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् । अझै पनि तालिममा सहभागी बन्ने सक्ने उनको भनाइ छ ।

“आर्थिक अभावका कारण कतिपय युवाहरुले चाहेर पनि कक्षा लिन सकेका छैनन्”, उनले भनिन, “यसले उनीहरुलाई केही मात्रा भए पनि सहयोग मिल्ने अपेक्षा छ ।” नियमित रुपमा कक्षा लिएर फाइदा उठाउन उनलेले आग्रह समेत गरेकी छन् ।

लोकसेवामा प्रतिस्पर्धा गर्न इच्छुक नगरका युवालाई लक्षित गरेर तालिम शुरु गरिएको नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले जानकारी दिइन । “तयारी कक्षा सञ्चालनका लागि सूचना जारी गरेका थियौं”, उनले भनिन, “इच्छुकले कक्षामा सहभागी हुन सक्नेछन् ।”

कार्यपालिकाको निर्णय बमोजिम कक्षा शुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कटुवालले बताएकी छन् । कनकाई–४ स्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा बेलुका ४ बजेदेखि कक्षा सञ्चालन भइरहेको क्याम्पस प्रमुख बिकास प्रसाद उप्रेतीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)