Aamsanchar

सोलार प्यानल पड्किँदा एक घरगोठ जलेर नष्ट

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

बैशाख – गुल्मीमा सोलार प्यानल पड्किँदा एक घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म निवासी मोटे कुमालको दुईतले घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

विगत केही समयदेखि घरमा प्रयोग गर्दै आएको सोलारको अचानक पड्किँदा ढुङ्गा, माटो, टिनको छानो भएको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाँडाकुँडा जलेर नष्ट भएका छन् भने आगोमा परेर एक १ बाख्रासमेत जलेर मरेको छ। सोमबार दिउँसो आगलागी भएपछि स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट ६ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो समय गुल्मीका विभिन्न स्थानमा रहेका सामुदायिक, सरकारी र व्यक्तिगत वनमा आगलागीका घटना बढिरहेका छन् । आगोले सबैभन्दा ठुलो क्षति जिल्लाको इस्मा गाउँपालिका भित्रका वडाका केही बस्तीमा पुर्याएको छ । आगलागीबाट जिल्लाभर सयौं घरगोठ जलेर नष्ट भएका छन् भने संयौं पशुचौपाया मरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर