Aamsanchar

दुर्गा प्रसाईँद्वारा दुर्गापुरमा हनुमान मन्दिर उद्घाटन

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा हनुमान मूर्ति प्राण प्रतिष्ठा तथा मन्दिर उद्घाटन गरिएको छ ।
हनुमान जन्मजयन्तीको पावन दिनमा मुर्ती प्राणप्रतिष्ठा र मन्दिर उद्घाटन गरिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाईँको बाहुलीबाट मन्दिर उद्घाटन गरिएको छ ।
स्थानीय दीपक पोखरेल र गोकुल पराजुली लगायतको परिकल्पना आर्थिक तथा भौतिक सहयोगमा निर्माण भएको हनुमान मन्दिरमा तिन दिन सम्म विधिपूर्वक पूजाआजा प्राणप्रतिष्ठा गरिएको थियो ।
उद्घाटन क्षणमा पण्डित जयभद्र सुवेदीले स्वस्तिक वाचन गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि प्रसाईँले भने ‘हनुमान भनेको शक्ति र भक्तिको प्रतीक हुन । ३४ वर्षमा हामी नेपाली हुन सकेका रहेनौ छौं, केही एमाले, कोही काँग्रेस, अनि रास्पा घण्टी, खोइ नेपाली रु मान्छेको कर्म चिना हेरेर होइन, आफैले बनाउने हो । अबको ३० वर्ष पछि पूजापाठ हुदैन, मन्दिरहरू पनि रहदैन, वैदिक सनातन धर्म लोप हुदैछ यो सबै धर्म परिवर्तनको कारणले हो ।’
कार्यक्रममा स्वतन्त्र नागरिक अभियन्ता शेरबहादुर थापालगायतले मन्तव्य राखेका थिए ।

दीपक पोखरेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत शिक्षक तथा साहित्यकार डिल्लीराम परदेशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन राजेश घतानीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर