Aamsanchar

सुमो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खस्याे

Author Image
बुधवार, वैशाख १२, २०८१

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ।

ना १ ज ६२९१ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खस्दा चालकसहित १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ। घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर