Aamsanchar

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ युवाकाे ज्यान गयाे

Author Image
बिहिवार, वैशाख २०, २०८१

चितवन – चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

गएराति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।
मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भण्डारीको भनाइ छ।

मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर