Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर